भदौको अन्तिम साता बीपी साहित्य महोत्सव

काठमाडाैं | भदौ ११, २०८०

भदौको अन्तिम साता बीपी साहित्य महोत्सव फाइल तस्बिर

काठमाडौं:  नेपाली कांग्रेसले भदौ अन्तिम साता बीपी साहित्य महोत्सव गर्ने भएको छ । ११० औं बीपी जयन्तीको अवसर पारेर कांग्रेसले पार्टीसम्वद्ध लेखक संघसँग मिलेर पहिलो पटक साहित्य महोत्सव गर्न लागेको हो ।

 

कांग्रेस कार्यालय, सानेपामा भदौ २४, २५ र २६ गतेसम्म हुने महोत्सवमा १२ वटा सेसन हुनेछ ।

 

महोत्सवका संयोजक एवं कांग्रेस महमहामन्त्री बद्री पाण्डेका अनुसार महोत्सवमा भारतबाट जेएनयूका पूर्व प्राध्यापक आनन्दकुमार आउने तय भएको छ ।

 

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार महोत्सवका क्रममा हरेक दिन साँझ क्रमशः कविता, गजल र सांगीतिक साँझ हुनेछ भने कार्यक्रम अवधिमा चित्रकला प्रदर्शनी पनि हुनेछ । बीपी, लोकतन्त्र र कांग्रेससँग जोडिएका वृत्तचित्र र केही तस्वीर प्रदर्शन पनि हुने उनले जानकारी दिए ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्